Kathmandu Press

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

धनगढी, मंसिर १६ : ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी गणेश साउदकी १५ वर्षीया छोरी चेतना साउदको धनगढी पीपलचौतारा सडक खण्डमा सडक निर्माणमा प्रयोग भइरहेको ग्रेडरको ठक्करबाट मृत्यु भएपश्चात् शान्तिसुरक्षालाई सामान्य तुल्याउन जारी निषेधाज्ञा यही मङ्सिर १७ गते बिहान ४ बजेदेखि हटाइएको उल्लेख गरिएको छ।

Hardik ivf

किशोरीको मृत्युको घटनापछि शान्ति सुव्यवस्थाको अवस्थालाई दृष्टिगत गरी स्थानीय प्रशासनले बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीको घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत किशोरी साउदको ठक्करबाट मृत्यु भएको थियो । घटनाको विरोधमा ग्रेडर चालकलाई कडा कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन मागसहित विद्यालयका विद्यार्थीले आज दोस्रो दिन निषेधाज्ञाको अवज्ञा गर्दै धनगढीमा  टायर बालेर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन केही विद्यार्थी र अन्य केही सर्वसाधारणलाई नियन्त्रणमा लिनुका साथै अश्रुग्याससमेत प्रयोग गर्नु परेको थियो ।

प्रकाशित मिति: २०:२३ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्