Kathmandu Press

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की

सुनसरी, मंसिर १६ : सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन।

Hardik ivf

अब कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा केन्द्रित हुने मन्त्री कार्कीले बताए।

मन्त्री कार्कीले यस क्षेत्रका साथै देशको विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना बनाएर अगाडि बढने उल्लेख गरे। शिक्षामा सूचना प्रविधिको प्रयोगमा जोड दिएर योजना बनाउने उनले बताए। शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिकलगायतको विकास निर्माणको कार्य पाँच वर्षमा सम्पन्न गरेर गरिबी निवारण र रोजगारीको कार्यक्रममा लागि पर्ने उनले उल्लेख गरे।

देश विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिसमेतको महत्वपूर्ण भूमिका हुने मन्त्री कार्कीले बताए। विद्यालय र क्याम्पसमा सूचना प्रविधिको काम भइराखेको तथा पेपरलेस प्रविधिको लागि काम भइरहेको मन्त्री कार्कीले जानकारी दिए। वर्षमा दुई जना सप्तकोसी बहुमुखी क्याम्पमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्