वेष्टइन्डिज विरुद्धको सिरिज भारतले जित्यो
काठमाडौं, पुस ७ : वेष्ट इण्डिज विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेष्ट इण्डिजलाई ४ विके....

काठमाडौं, पुस ७ : वेष्ट इण्डिज विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।
यो जितसंगै भारतले वेष्ट इन्डिज विरुद्ध लगातार १० सिरिज जितको रेकर्ड पनि राखेको छ । भारतले १७ पटक ३ सय प्लस रनको लक्ष्य पूरा गर्न सफल भएको छ । वेष्ट इण्डिजले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा कप्तान विराट कोहलीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तो लोकेश राहुलले ७७ तथा रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । रविन्द्र जडेजा ३९ रनमा अविजित रहे । वेष्ट इण्डिजका लागि केमो पाउलले ३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।
वेष्ट इण्डिजका लागि निकोलस पुरनले ८९ रनको योगदान दिएका थिए । कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए । यस्तै साई होपले ४२ र रोस्टन चेसले ३८ तथा शिम्रन हिटमायरले ३७ रन बनाए । भारतका नाभदिप सैनीले २ विकेट लिए ।











