Kathmandu Press

‘महिलामाथि हुने हिंसा रोक्न परिवारबाटै प्रयास गर्नुपर्छ’

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत अजयमेरुका छवटै वडामा हिंसाविरुद्धका विभिन्न कार्यक्रम आयोजना गरिएको छ। 
‘महिलामाथि हुने हिंसा रोक्न परिवारबाटै प्रयास गर्नुपर्छ’

डडेल्धुरा, मंसिर १६ : यहाँका  स्थानीय तह लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न  महिला सचेतीकरण अभियानमा लागिपरेका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लाको अजयमेरु गाउपालिकाले लैङ्गिक हिंसालाई अन्त्य गर्ने जनाएको छ।  

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत अजयमेरुका छवटै वडामा हिंसाविरुद्धका विभिन्न कार्यक्रम आयोजना गरिएको छ। 

Hardik ivf

जिल्लाका अन्य स्थानीय तहमा पनि हिंसाविरुद्धका अभियान भइरहेका छन्। गाउँ समाजमा अझै पनि महिला हिंसा, जातीय भेदभाव, घरेलु हिंसालगायतका कुरा भइरहेकाले यो अभियानले मानिसलाई जागरुक गरी हिंसामुक्त हुन कानुनीरुपमा सहयोग मिल्ने न्यायिक क्षेत्रका अगुवा बताउँछन्।

समयसमयमा दूरदराजका गाउँका महिला तथा किशोरी सहभागी गरी सचेतनामूलक कार्यक्रम गर्दा लैङ्गिक हिंसामुक्त हुन उत्प्रेरित गर्ने अधिवक्ता युवराज जोशीले बताए। गाउँपालिकाले विभिन्न सचेतामूलक कार्यक्रम गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहेको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक वसन्ती पालले बताए।

वडा नं ३ बाट १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गर्नुका साथै महिला सचेतीकरणका कुरालाई लिएर महिला अधिकारका साथै मान अधिकार र मौलिक हकका विषयमा समेत जानकारी गराइरहेको जानकारी दिए। सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा र्‍याली र अन्तरक्रिया कार्यक्रम भइरहेको जनाइएको छ।

लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको जनाइएको छ। व्यक्तिगत घटना, घरेलु हिंसालगायत महिलामाथि हुने अन्यायलाई रोक्नका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापीरुपमा १६ दिने अभियान मनाइने गरिन्छ।  

महिलामाथि हुने हिंसा रोक्न  परिवारबाट प्रयास गरिनुपर्ने नवदुर्गा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक निर्मला बोगटी विष्टले बताए।

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्