Kathmandu Press

धनकुटाकाे छथर जोरपाटीमा गर्भवतीलाई सुत्केरी भत्ता

सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यसपटकदेखि नगद  नै दिइने भएको हो।
धनकुटाकाे छथर जोरपाटीमा गर्भवतीलाई सुत्केरी भत्ता
Hardik ivf

धनकुटा, मंसिर १६ : आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ।
 
यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो। सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यसपटकदेखि नगद  नै दिइने भएको हो।
 
गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि पहिलो किस्ता तीन हजार र दोस्रो किस्ता छ हजार गरी जम्मा नौ हजार पाउनेछन्।

पालिकामा स्थायी बसोबास रहेका दोस्रो सन्तानसम्मका लागि यो सेवा दिइने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिए।
 
कार्यक्रमका लागि पालिकाले यस आवमा २२ लाख बजेट विनियोजन गरेको छ। पालिकाले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी कार्यक्रमको सुरु गरेको पालिकाकी प्रमुख गीता गुरुङ ९खेवा० ले जानकारी दिए।
 
यस रकमले आर्थिक अवस्था कमजोर भएका महिलालाई आफ्नो र शिशुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने पालिकाकाले जनाएको छ। कार्यविधि तयार गरेर गत साउनदेखि  कार्यक्रम कार्यान्वयन  गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए। 

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्