Kathmandu Press

अधिवक्ता शर्माको  ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक सार्बजनिक 

अधिवक्ता शर्माले आफ्नो जीवनमा भोगेका भोगाइलाई समेटेर तयार पारेको उक्त पुस्तक बिहिबार क्यान्भास कलेज बसुन्धरामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन गरेका हुन् । उक्त अवसरमा वरिष्ठ अधिवक्ता भण्डारीले लेखक शर्माको जीवनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताए ।
अधिवक्ता शर्माको  ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक सार्बजनिक 

काठमाडौं, मंसिर १६ : सहप्राध्यापक एवं अधिवक्ता थम्मलाल शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन गरिएको छ ।

अधिवक्ता शर्माले आफ्नो जीवनमा भोगेका भोगाइलाई समेटेर तयार पारेको उक्त पुस्तक बिहिबार क्यान्भास कलेज बसुन्धरामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन गरेका हुन् । उक्त अवसरमा वरिष्ठ अधिवक्ता भण्डारीले लेखक शर्माको जीवनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताए ।

Hardik ivf

“आफूले केही कुरा सिक्नका लागि अर्कालाई केही कुरा सिकाउनुपर्छ, काम गरेसँगै दाम र नाम कमाउन सकिन्छ, असल काम गरौँ, मेहनती बनौँ”, उनले भने । पुस्तकबारे समीक्षा गर्दै डा कविन्द्रप्रसाद सापकोटाले लेखकले पुस्तकमार्फत आफ्नो बाल्यावस्था, किशोरावस्था र जागिरको समयका भोगाइलाई पुस्तकमार्फत प्रस्तुत गरेको बताए ।

आफ्नो जीवनको घटना परिघटनालाई समावेश गरी लेखिएको पुस्तक नयाँ पुस्ताका लागिसमेत सहयोगी बन्ने उनको भनाइ छ । क्यान्भास कलेजका डाइरेक्टरद्वय डा लेखनाथ मिश्र र सुन्दर भुसालले ‘जीवन एक, घुम्ती अनेक’ पुस्तकले आम पाठकमा नयाँ सन्देश दिएको बताए । नेपाली साहित्यमा उक्त पुस्तकले नयाँ इँटा थपिएको उनीहरूको भनाइ थियो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले हरेकको जीवनबाट केही न केही सिक्न सकिने भएकाले प्राध्यापन र वकालतीमा जीवन विताउनु भएका शर्माको जीवनबाट पनि प्रेरणा र शिक्षा लिन सकिने धेरै कुरा भएकाले पुस्तक निकै उपयोगी रहेको बताए । उनले संसार जतिसुकै डिजिटलाईज भएपनि पुस्तकको महत्व नघटेकोले नयाँ पुस्तालाई पनि पुस्तक पढ्ने र लेख्ने तर्फ लाग्न सुझाव दिए । 

घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले पुस्तकमा शर्माले आफ्नो जिन्दगीलाई निरन्तर प्रवाहमा अनुशासित ढङ्गले व्याख्या गरेको बताए । पाँच खण्डमा विभाजित उक्त पुस्तक तीन सय ६४ पृष्ठको रहेको छ । उक्त पुस्तकको मूल्य रु छ सय ५० राखिएको छ ।

प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्