थप ५ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं, मंसिर १५ : नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर गरिएको ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५३ हजार १ सय ५ पुगेको छ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन्। हाल नेपालमा १ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












