Kathmandu Press

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १४ : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन्।

हाल नेपालमा १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्