Kathmandu Press

बागमती किनारका सुकुम्वासीद्वारा प्रदर्शन

संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपदेखि बिभिन्न स्थानसम्म विरोध प्रदर्शनसहित र्यालीको आयोजना गरेका हुन्।
बागमती किनारका सुकुम्वासीद्वारा प्रदर्शन

काठमाडौं, मङ्सिर १४ : उचित विकल्पबिना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्वासीहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपदेखि बिभिन्न स्थानसम्म विरोध प्रदर्शनसहित र्यालीको आयोजना गरेका हुन्।

Hardik ivf

उनीहरुले आफुहरुको वस्ती हटाउने महानगरको कामको विरोध गर्दै नारावाजी गरेका थिए । राज्यले यसअघि सुकुम्वासीसंग गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा झडप भएको थियो। 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्