Kathmandu Press

मध्यबिन्दु जिल्ला अस्पतालमा  डायलासिस सेवा सुरु

जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए। 
मध्यबिन्दु जिल्ला अस्पतालमा  डायलासिस सेवा सुरु

काठमाडाैं, मंसिर १४ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ।

जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए। 

मंगलबार एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले सेवाको उद्घाटन गरेका हुन्।

Hardik ivf

जिल्ला अस्पतालबाट अब मिर्गौैला रोगीहरूले निःशुल्क रुपमा सो सेवा प्राप्त गर्नेछन्। जिल्ला अस्पतालमा सो सेवा प्रदान गर्न चार वटा उपकरण जडान गरिएको छ।

एक दिनमा अस्पतालमा १२ जनासम्मलाई यो सेवा प्रदान गर्न सकिने उनले बताए। हाल तीनवटा मात्रै उपकरण सञ्चालन गरिएको सूचना अधिकारी सुवेदीले बताए। 

अहिले प्रारम्भिक चरणमा रहेकाले दैनिक तीन जना सम्मलाई सेवा प्रदान गरिने उनले बताए। 'अहिले एक सिफ्ट मात्रै चलाएका छौँ, यसैले तीन जनालाई डायलासिस सेवा प्रदान गर्न सक्छौँ, आवश्यकता अनुसार सिफ्ट बढाउँदै जाँदा थप सेवा प्रदान गर्न सकिन्छ,' सूचना अधिकारी सुवेदीले भने। एउटा उपकरणलाई भने जगेडामा राखेर तीन वटाबाट सेवा दिइने उनले बताए। 

यसअघि उपकरण आए पनि लामो समयसम्म सेवा सुरु हुनसकेको थिएन। बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गराउन भन्दै अस्पतालमा उपकरण जडान र परीक्षणको काम सकेर पनि सेवा सुरु हुनसकेको थिएन।

अहिले बीमा बोर्डबाट अनुगमन नभए पनि अस्पतालको सामाजिक सेवा युनिटबाट लाग्ने खर्च बेहोर्ने गरी सेवा सुरु गरिएको हो।

'सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गर्न हाल सामाजिक सेवा युनिटबाट खर्च बेहोर्ने गरी काम सुरु गरेका छौंं,' अस्पतालका सूचना अधिकारी सुवेदीले भने, 'बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गर्ने काम बाँकी छ।'

असार महिनाको अन्तिमतिर आवश्यक सबै तयारी पूरा गरी जिल्ला अस्पतालबाट सेवा दिने तयारी गरिएको थियो। तर निःशुल्कमा सूचीकृत नगरी सेवा दिँदा सशुल्क गर्नुपर्ने भएकाले सेवा सुरु गर्न समस्या परेको थियो।

प्रकाशित मिति: १३:४० बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्