Kathmandu Press

‘कालिञ्चोक दर्शन’को आइपिओ खुला

‘कालिञ्चोक दर्शन’को आइपिओ खुला

काठमाडौं, मंसिर १४ : कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोडको दुई प्रतिशत अर्थात् रु एक करोड २० लाख मूल्य बराबरको कुल एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै जारी पूँजीको १८ प्रतिशत अर्थात् रु १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ।

Hardik ivf

निष्कासन गरेको शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही मङ्सिर २८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्सिर २८ गतेसम्म अधिकतम १० हजार आठ सय कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ । 

कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ। 

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्