प्रतिस्पर्धी उम्मेदवारसँग प्रदीप पौडेलको छलफल
छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश केसी, मधुसुदन पाठक, विनिता अर्यालको उपस्थिति रहेको थियो ।
काठमाडौं, मंसिर १४ : काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरूसँग छलफल गरेका छन् ।
छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश केसी, मधुसुदन पाठक, विनिता अर्यालको उपस्थिति रहेको थियो ।
सहभागी उम्मेदवारहरूले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात् छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा एमालेबाट प्रतिस्पर्धी रहेका ईश्वर पोखरेल भने सहभागी भएनन् ।
प्रकाशित मिति: ०८:५१ बजे, बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












