Kathmandu Press

दाजुभाइ नै प्रदेशसभा सदस्यमा निर्वाचित

भाइ राजु पाल्पा क्षेत्र नं. १ (१) बाट र दाजु भोजप्रासद रुपन्देही क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
दाजुभाइ नै प्रदेशसभा सदस्यमा निर्वाचित

पाल्पा, मंसिर १३ : एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यमा बनेका हुन्। दुवैले एमालेबाट प्रदेशसभा सदस्य जितेका हुन्।

भाइ राजु पाल्पा क्षेत्र नं. १ (१) बाट र दाजु भोजप्रासद रुपन्देही  क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिक क्षेत्रमा अगाडि बढेका छन् भने राजुले रामपुरमै रहेर राजनीति गरिरहेका छन्।

राजुले प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पराजित गरेका थिए । उनले १७ ६४२ मत ल्याउँदा खनालले १२२५२ मत प्राप्त गरेका थिए।

भोजप्रसाद १६३०० ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले माओवादीका वामदेव घिमिरे क्षेत्रीलाई पराजित गरे । यसअघि पनि उनी प्रदेशसभा सदस्य थिए।

प्रकाशित मिति: २०:५८ बजे, मंगलबार, मंसिर १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्