Kathmandu Press

‘धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन’

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा मंगलबार आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए।
‘धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन’

मोरङ, मंसिर १३ : नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन्।

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा मंगलबार आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए।

भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा. कोइरालाको धारणा थियो । राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वर्द्धन गर्नु राज्यको दायित्व भएको बताउँदै उनले धर्म र संस्कृतिको संरक्षणबारे आफू संसदमा खरो रुपमा उत्रले उल्लेख गरे।

 नेता कोरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे। कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियोे ।

प्रकाशित मिति: २०:४२ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्