स्वरेजको तीन गोल असिस्टमा बार्सिलोना विजयी
काठमाडौँ, पुस ६ : स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई ४-१ गोल अन्तरले पराजित गरे....

काठमाडौँ, पुस ६ : स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लियोनेल मेसी, लुइस स्वरेज, एन्टोनी ग्रीजम्यान र अर्टूरो भिडालले एक एक गोल गरेका थिए भने आल्भेजका लागि पेरे पोन्सले एक गोल फर्काएका थिए ।
खेलमा लुइस स्वरेजले तीन गोल असिस्ट गरेका थिए । स्वरेज यस सिजनको ला लिगामा एकै खेलमा तीन गोल असिस्ट गर्ने अहिलेसम्मको पहिलो खेलाडी समेत बनेका छन् । यो बार्सिलोनामा मेसी, स्वरेज र ग्रीजम्यान (एमएसजी) ले गोल गरेको चौथो खेल हो । साथै यस खेलमा गोल गरेर मेसीले २०१९ मा आफ्नो गोल संख्या देश र क्लबगरी ५० पुर्याएका छन् ।
यो जितपछि बार्सिलोनाले ला लिगामा आफ्नो शिर्ष स्थान कायमै राखेको छ । बार्सिलोनाको १८ खेलमा ३९ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिड एक खेल कम खेल्दै १७ खेलमा ३६ अंक रहेको छ । डिपोर्टिभोको भने १८ खेलमा १९ अंक रहेको छ ।











