धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

धनकुटा, मंसिर १२ : धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो ।
केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।
प्रकाशित मिति: १३:३५ बजे, सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












