Kathmandu Press

क्लब विश्वकप फुटबलको उपाधी लिभरपुललाई 

काठमाडौं, पुस ६ : क्लब विश्वकप फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

शनिबार राति कतारमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लामेन्गोलाई १–० ले....

क्लब विश्वकप फुटबलको उपाधी लिभरपुललाई 

काठमाडौं, पुस ६ : क्लब विश्वकप फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

शनिबार राति कतारमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लामेन्गोलाई १–० ले पराजित गर्दै लिभरपुलले विश्वकप उपाधि जितेका हो ।  लिभरपुलको जितमा रोबेर्टो फेरमिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

युरोपियन च्याम्पियन लिभरपुलले निर्धारित ९० मिनेट गोलरहित बराबरी गरेको थियो ।  निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । तर भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्द गरे ।

उपाधिसँगै लिभरपुलले क्लबस्तरमा खेल्ने सबै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । 

प्रकाशित मिति: ०७:२० बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्