Kathmandu Press

सरकारले भाेलि विश्व सहरी योजना दिवस मनाउने

नेपालमा २०१९ देखि यो दिवस मनाउन थालिएको हो। त्यस्तै विश्व शहरी योजना दिवस विश्वमा १९४९ बाट मनाउन सुरु गरिएको हो। 
सरकारले भाेलि विश्व सहरी योजना दिवस मनाउने

काठमाडाैं, मंसिर ११ : दिगो विकासका लागि स्थानीय प्रयास भन्ने नाराका साथ सरकारले यस वर्ष विश्व शहर दिवस र विश्व शहरी योजना दिवस मनाउने भएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले हरेक वर्ष अक्टोबर ३१ मा मनाइने विश्व शहर दिवस र नोभेम्वर ८ तारिकका दिन मनाइने विश्व शहरी योजना दिवस चाडपर्व र चूनावका कारण मंसिर १२ गते अर्थात् नोभेम्बर २८ तारिकका दिन मनाउन लागिएको जनाएको हो।

दिवसका अवसरमा सोमबार बिभागको आयोजनामा कार्यशाला गोष्टि आयोजना गरिएको विश्व शहर दिवस र विश्व शहरी योजना दिवस मूल तयारी समितिका संयोजक पद्म कुमार मैनालीले जानकारी दिए।

उनले संविधानमा उल्लेख प्रत्येक नागरिकलाई स्वच्छ र स्वच्छ वातावरणमा बाँच्न पाउने  हकलाई सम्बोधन गर्न शहरी बिकास मन्त्रालय प्रतिवद्ध रहेको बताए। मन्त्रालयबाट शहरी बिकास ऐन तर्जुमा भई सहमतिको लागि कानुन मन्त्रालयमा पेश भएको उहाले जानकारी दिए।

विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारणसभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो। नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो। त्यस्तै विश्व शहरी योजना दिवस विश्वमा १९४९ बाट मनाउन सुरु गरिएको हो। 

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, मंसिर ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्