Kathmandu Press

सागमा पदक जित्ने इलामेली खेलाडी सम्मानित 

काठमाडौं, पुस ६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता सात खेलाडीलाई सहिद रत्न कुमार बान्तवा खेलकुद केन्द्रले एक समारोहबीच बृहत सम्मान गरेक....

सागमा पदक जित्ने इलामेली खेलाडी सम्मानित 

काठमाडौं, पुस ६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता सात खेलाडीलाई सहिद रत्न कुमार बान्तवा खेलकुद केन्द्रले एक समारोहबीच बृहत सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुभासचन्द्र नेम्बाङलगायतले खेलाडीलाई नगद, माला र सम्मान पत्र प्रदान गरे । फुटबलतर्फ स्वर्ण विजेता इलाम सन्दकपुर गाउँपालिका–५ का छिरिङ गुरुङ, उसुतर्फ स्वर्ण विजेता देउमाई नगरपालिका–३ कि जुनी राई, उसुतर्फकै कास्य विजेता, समित्रा राई, महिला फुटबलतर्फ रजत विजेता सूर्योदय नगरपालिका, तीनघरेकी अन्जली तुम्बाफो सुब्बा, महिला विच भलिबलतर्फ कास्य विजेता, इलाम माङसेबुङकी विनिता बुढाथोकी र बास्केटबलतर्फ कास्य विजेता, सन्दकपुर गाउँपालिका–३ का विजय बुर्जा, पुरुष बास्केटबलका कप्तान सदिस प्रधानलाई सम्मान पत्र र नगद प्रदान गरिएको हो ।

सम्मान कार्यक्रममा पूर्व सभामुख नेम्बाङले पदक विजेता इलामेली खेलाडीले इलामको मात्र नभइ राष्ट्रको शिर उच्चो राखेकोमा बधाई दिए । पूर्व प्रधानमन्त्री खनालले सात खेलाडीलाई सप्तऋषिको सज्ञा दिंदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभेच्छा प्रकट गरे । उनले राष्ट्रको सान राख्ने खेलाडीलाई सरकारले उचित सम्मान र अवसर प्रदान गर्ने प्रतिबद्धता जनाए ।

सहिद रत्न कुमार बान्तवा खेलकुद केन्द्रका अध्यक्ष संजिव राईले खेलाडीहरुलाई राज्यले अपमान गर्न नहुने भन्दै जीवन धान्न सक्ने अवसरहरु प्रदान गर्न माग गरे । उनले अहिलेका पदक विजेता खेलाडीले हरियो पासपोर्ट बोकेर विदेशी भूमिमा श्रम गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले आवश्यक ब्यवस्था गर्न माग गरे । खेलाडीहरुलाई व्यवसायी डिल्ली बराइलीले ५६ हजार नगद उपलब्ध गराएका हुन ।

साथै गोल्डेन पीक स्कुल, चावहील, अल्फा सिग्मा म्यानपावर लगायत व्यवसायी तथा युवाहरुले पनि सहयोग जुटाएका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य अगम वान्तवा, प्रदेश सभा सदस्य तथा नेकपा इलामका अध्यक्ष राम राना लगायतले खेलाडीलाई राज्यले सक्दो सम्मान गर्नुपर्ने बताए । 

प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्