Kathmandu Press

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडाैं, मंसिर १० : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ। समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ।

Hardik ivf

दोलखा, स्याङ्जा–२ र बाजुरामा मतगणना सुरू हुन बाँकी रहेको छ। दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि गणना सुरू हुनसकेको छैन। त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी रहेको छ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा आज मतदान सम्पन्न भएको छ।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, मंसिर १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्