Kathmandu Press

गुल्मी–१ प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएका छन्।
गुल्मी–१ प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० : गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएका छन्।
    
यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका थिए भने एमालेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरेका थिए।

त्यस्तै प्रदेशसभा (१) मा एमालेका पाण्डेले १५ हजार एक सय २७ मत प्राप्त गरी विजयी भए । नेकपा माअ‍ेवादीका सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गरे।

साथै प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की विजयी भए । उनले १८ हजार पाँच सय ९६ मत प्राप्त गर्दा एमालेलेका पर्शुराम पाण्डेले १७ हजार ९ सय ९१ मत प्राप्त गरे।

प्रकाशित मिति: १०:१२ बजे, शनिबार, मंसिर १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्