स्याङ्जा-१ मा कांग्रेसका राजु थापा जित नजिक, प्रदेशसभा (ख) मा कांग्रेसकै राना अगाडि
अब फेदीखोला गाउँपालिकाका केहि वडाको मतगणना मात्र बाँकी रहँदा थापा २९ हजार ६ सय ५५ मतका साथ अगाडि वढिरहेका छन् भने नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी २६ हजार ३ सय ९ मतका साथ पछ्याईरहेका छन् ।काठमाडौं, मंसिर ९ : स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा जित नजिक पुगेका छन् ।
नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले मतगणना शुरु भएयता अग्रता कायम राख्दै वढाउँदै लगेका हुन् । अब फेदीखोला गाउँपालिकाका केहि वडाको मतगणना मात्र बाँकी रहँदा थापा २९ हजार ६ सय ५५ मतका साथ अगाडि वढिरहेका छन् भने नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी २६ हजार ३ सय ९ मतका साथ पछ्याईरहेका छन् ।
मरासिनी भन्दा थापा ३ हजार ३ सय ४६ मतान्तरले अगाडी रहेका छन् ।
यता यो समाचार तयार पार्दासम्म स्याङ्जा क्षेत्र नम्बर १ (ख) मा कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । यद्यपी, नेपाली कांग्रेसकै बुद्धिबहादुर राना (कुमार) ले अग्रता लिईरहेका छन् ।
रानाले १४ हजार ९ सय ६० मत ल्याउँदा प्रतिद्धन्द्धी नेकपा एमालेका सुधिर पौडेलले १४ हजार ५ सय ६६ मतसहित पछ्याईरहेका छन् । उनीहरुको मतान्तर ३ सय ९४ रहेको छ ।