Kathmandu Press

नक्कली प्रहरी बनेर सुनपसल लुटपाट गर्नेसहित १० जना पक्राउ 

नक्कली प्रहरी बनेर सुनपसल लुटपाट गर्नेसहित १० जना पक्राउ 

काठमाडौं, मंसिर ८ : प्रहरीले काठमाडौंको बसुन्धारास्थीत एक घरमा चोरीमा संलग्न १० जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।  

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै कात्तिक २८ गते बसुन्धरामा मधुर विक्रम खनालको घरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

Hardik ivf

मधुर विक्रमकी श्रीमती नन्दा मल्ल लगायतका उक्त घरमा भएका अन्य व्यक्तिहरुसमेतलाई नियन्त्रणमा लिई बन्धक बनाई धारिलो हतियार खुकुरी, हतौडा तथा रड प्रहार गरी सख्त घाइते बनाई घरभित्र रहेको नगद, सुन तथा हिराका बहुमुल्य गरगहना लगायतको धनमाल चोरी भएको खवर पाएपछि प्रहरीले अनुसन्धान गरेको थियो । 

काठमाडौं र दोलखाबाट उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको थियो । लुटपाटमा संलग्न जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २६ वर्षीय तिलक बहादुर शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, कालिकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्व राज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्र बहादुर शाही, २७ वर्षीय पन्च बहादुर सिंह, सुर्खेत घर भएकी १९ वर्षीया कविता बुढा र २१ वर्षीया दिपिका मल्ल शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए। उनीहरुबाट सुनको गिलास, सुनको तिलहरी, नौगेडी लगाएतका बस्तु बरामद गरिएको उनले बताए। 

त्यस्तै प्रहरीले आफु प्रहरी भएको भन्दै सुन पसलमा डाँका गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएका २६ वर्षीय सुन राई, २८ वर्षीय देविराज राई, धादिङका ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीय मनिला तामाङ रहेका छन् ।कार्तिक २९ गते करिब ८ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १८ स्थित नरदेवीमा रहेको सुन पसलमा चोरी गरेका थिए । उनीहरूको साथबाट पेस्तोल एक थान सहित सुनका गरगहना बरामद भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्