Kathmandu Press

कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’

कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’

कैलाली, मंसिर ८ : कैलालीको  निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा (१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका थिए  ।

Hardik ivf

प्रदेशसभा ९१० मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे। देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो ।

प्रदेशसभा (२)मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी भए। बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा  साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गरे। 

यसअघि यो क्षेत्रमा नेकपा (एमाले)का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरे। 

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्