Kathmandu Press

कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

हेटाैंडा, मंसिर ७ : हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन।

आज दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएकाे थियाे।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार जिपमा चालकसहित सात जना यात्रा गरेका थिए। दुर्घटनामा घाइते भएका एक जनाकाे हेटौँडा अस्पतालमा उिचार भइरहेकाे छ भने गम्भीर घाइते भएका पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, मंसिर ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्