Kathmandu Press

चार दिनपछि मुगुमा मतगणना सुरु

चार दिनपछि मुगुमा मतगणना सुरु

मुगु, मंसिर ७ : मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो । 

प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन्। 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।  

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, मंसिर ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्