Kathmandu Press

तनहुँमा नेता पौडेलको अग्रता

तनहुँमा नेता पौडेलको अग्रता
Hardik ivf

तनहुँ, मंसिर ६ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले नेकपा (एमाले)लाई उछिनेको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच सय ४४ मतले अग्रता लिएका हुन।
    
आज साँझ ७ बजेसम्मको मतगणनाअनुसार नेता पौडेलले चार हजार सात सय ११ मत प्राप्त गरेका छन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले चार हजार एक सय ६९ मत पाएका छन।

यस निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकोमा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
    
तनहुँ-१ प्रदेशसभा १ मा आठ हजार पाँच सय २९ मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले तीन हजार छ सय १२ मत प्राप्त गरेका छन। उनका प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर गुरुङले दुई हजार चार सय ९२ मत प्राप्त गरेका छन। नेकपा एकीकृत समाजवादीका विद्या ढकालले चार सय ४५ मत पाएका छन। तनहुँ-१ प्रदेशसभा १ तर्फ ३६ हजार तीन हजार ६५ मत खसेको छ ।
    
तनहुँ-१ प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार सात सय २६ मत पाएका छन।  नेकपा एमालेका पूर्णबहादुर गुरुङले एक हजार पाँच सय दुई मत प्राप्त गरेका छन।

तनहुँ-१ मा एक लाख २३ हजार चार सय ९० मतदाता छन्।

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्