Kathmandu Press

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

रूपन्देही, मंसिर ६ : रुपन्देहीका पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १, २ र ५ मा नेकपा (एमाले) ले, क्षेत्र नं ३ मा नेपाली कांग्रेस र क्षेत्र नं ५ मा समाजवादी पार्टीका उम्मेदवार उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नं १ मा सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका घनश्याम भुसाललाई पाँच सय ७८ मतले पछि पार्दै एमाले उम्मेदवार छविलाल विश्वकर्मा अगाडि छन। एमालेका उम्मेदवार विश्वकर्माले दुई हजार पाँच सय ४२ र भुसालले एक हजार नौ सय ६४ मत प्राप्त गरेका नछ।

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिएका छन। स्वतन्त्र पार्टीका उम्मेदवार पौडेललाई पौडेल एक सय ७५ मतले पछि पार्दै एमाले उम्मेदवार पौडेल अगाडि लागेका हुन।

पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडे पाँच हजार एक सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा झरेका छन।

१२ हजार तीन सय २६ मतगणना हुँदासम्म सत्ता गठबन्धनका केशवबहादुर थापा चार हजार ६० मतका साथ तेस्रो स्थानमा रहेकाे प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए। प्रदेशसभाका दुई क्षेत्रमै एमालेका उम्मेदवार अगाडि छन। प्रदेशसभातर्फ १ मा लिला गिरी र २ मा भोजप्रसाद श्रेष्ठ अगाडि रहेका छन।

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरेले तीन हजार एक सय ५६ मतका साथ अग्रता कायमै राखेका छन।

एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले १३ हजार पाँच सय ५९ मत प्राप्त गरेका छन। भने सत्ता गठबन्धनका उम्मेदवार भरतकुमार शाहले १० हजार चार सय तीन मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिए।

रुपन्देहीको क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाण र क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले अग्रता लिएका छन।

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, मंसिर ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्