Kathmandu Press

सङ्खुवासभामा कांग्रेसका खड्कालाई सुरुआती अग्रता

सङ्खुवासभामा कांग्रेसका खड्कालाई सुरुआती अग्रता

सङ्खुवासभा, मंसिर ६ : सङ्खुवासभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले सुरुआती अग्रता लिएका छन। सात सय मतगणना हुँदा खड्काले तीन सय ३५ मत पाएका छन। नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले तीन सय ३२ मत प्राप्त गरेका छन।

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा गठबन्धनकोतर्फबाट खड्का र नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्दा देखिएको छ। मतगणना आज दिउँसो २ बजेदेखि सुरु भएको हो।

जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदातामध्ये ६५ हजार आठ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन्। प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान थिए।

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, मंसिर ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्