Kathmandu Press

बागलुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता

बागलुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता

बागलुङ, मंसिर ६ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्।
 
पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरेका छन। नेकपा (एमाले) का सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित केसीलाई पछ्याइ रहेका छन। राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले तीन हजार ३६ मत प्राप्त गरि तेस्रो स्थानमा छन।

बागलुङ–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले आठ हजार आठ सय ५७ मतसहित अग्रता कायम गरेका छन। उनका निकटतम प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले छ हजार सात सय ६३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेशसभा सदस्यतर्फ बागलुङ–१ (१) मा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापाले सात हजार आठ सय ८१ मतसहित अघि छन। उनलाई सात हजार एक सय १६ मतले एमालेका हिराबहादुर केसीले पछ्याइ रहेका छन।

बागलुङ–१ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन। एमालेका नवराज पौडेलले पाँच हजार एक सय २४ मत प्राप्त गरेका छन।

बागलुङ–२ (१) मा पनि गठबन्धनको अग्रता छ । कांग्रेसका जीतबहादुर शेरचनले नौ हजार चार सय ६२ मतसहित स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पछि पारेका छन। घर्तीले सात हजार छ सय ३० मत ल्याएका छन।

२ को (२) मा कांग्रेसका दोर्ण कुँवर नौ हजार दुई सय ५५ मतसहित अघि छन। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनले छ हजार नौ सय सात मत प्राप्त गरेका छन। कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको यस जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो। मतगणना जारी छ।

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, मंसिर ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्