Kathmandu Press

कैलाली–३ : नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी

कैलाली–३ : नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी

लम्की, मंसिर ६ : कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन।

निकतम प्रतिस्पर्धी सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीसँग पाँच हजार तीन सय ७१ मत अन्तरले २३ हजार एक सय २० मतसहित गङ्गाराम निर्वाचित भएका निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिए। नेकपा माओवादी केन्द्रका कृष्णकुमारले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन।

नेकपा एमालेका गौरीशङ्कर चौधरीले नौ हजार आठ सय ७४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले सात हजार ४७ मत प्राप्त गरेका छन। एक लाख सात हजार छ सय ५९ मतदाता सङ्ख्या रहेको उक्त क्षेत्रमा ६३ हजार चार सय ४० मत खसेको थियो । उक्त क्षेत्रमा चार हजार २१ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्न पछि अहिले प्रदेशसभा सदस्यको मतगणना जारी रहेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताए।

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, मंसिर ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्