Kathmandu Press

झापाका दुई स्थानमा एमालेको अग्रता

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले  एकएक  ठाउँमा अग्रस्थान बनाएका छन्।   
झापाका दुई स्थानमा एमालेको अग्रता

झापा, मंसिर ६ : आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा एमालेका अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले  एकएक  ठाउँमा अग्रस्थान बनाएका छन्।   

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् भने क्षेत्र नं २मा नेकपा ९एमाले०का देवराज घिमिरे तथा क्षेत्र नं ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ। क्षेत्र ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्भ ने झापा क्षेत्र नं ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले अग्रता लिएको छ। 

Hardik ivf

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा  नेपाली कांग्रेसका  विश्वप्रकाश शर्माले१३ हजार आठ सय ५० मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले आठ हजार ६ सय ४९ मत प्राप्त गएका छन्।

क्षेत्र २ मा एमालेका घिमिरेले नौ हजार दुई सय २५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले आठ हजार एक सय १६ मत प्राप्त गरेका छन्।

क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पाँच हजार दुई सय ६५ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार सात सय ८८ मत प्राप्त गरेका छन्।

क्षेत्र नं ४ मा घण्टी स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार आठ सय ७९ मत प्राप्त गर्दा एमालेका लालप्रसाद सावाले छ हजार चार सय ९५ मत प्राप्त गरेका छन्। 

त्यस्तै क्षेत्र नं ५ मा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले १३ हजार दुई सय ७८ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले सात हजार सात सय पाँच मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्