हुम्लामा मतपेटिका संकलन गर्न हेलिकप्टर
दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो।हुम्ला, मंसिर ६ : हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ।
दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो।
दुर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए।
लामो प्रयासपछि आयोगले हेलिकप्टरमा ती मतपेटिका हेलिकप्टरमा ढुवानी गर्न सहमति दिएपछि त्यो सम्भव भएको उनले बताए।
हेलिकप्टरले सर्केगार्डबाट सिमकोटका लागि दुई उडान भरेर मतपेटिका ढुवानी गरिनेछ।
मतदान कार्य सम्पन्न भएको दुई दिन बित्न लाग्दा पनि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छैन।
प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९