Kathmandu Press

कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन्।
कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

कास्की, मंसिर ६ : कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएकाे छ।

जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन्।

उनलाई एमालेकी विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्यारहेकी छन्। 

नेकपा ९एकीकृत समाजवादी०का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन्।

त्यस्तै प्रदेशसभातर्फ कास्की–२ (१) मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याएका छन्।

सो क्षेत्रमा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याएका छन्।

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्