सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता कायमै
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन्।
सिन्धुपाल्चोक, मंसिर ६ : सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन्।
जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले तीन हजार चार सय ३४ मत प्राप्त गरेका छन्।
प्रदेशसमा ९१०मा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का युवराज दुलालको अग्रता रहेको छ।
माओवादी केन्द्रले चार हजार पाँच सय २९ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत पाएका छन्।
प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











