Kathmandu Press

कास्की–३ मा एमाले उम्मेदवार पौडेलको अग्रता

पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा जारी मतगणनाको सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई उछिन्दै उनले ४ हजार ८५१ मत प्राप्त गरे।
कास्की–३ मा एमाले उम्मेदवार पौडेलको अग्रता

कास्की, मंसिर ६ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको  निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेकपा एमालेका दामोदर पौडेल (बैरागी) अगाडि छन्। 

पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा जारी मतगणनाको सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई उछिन्दै उनले ४ हजार ८५१ मत प्राप्त गरे।

Hardik ivf

योगराजले ४ हजार ४ सय सात मतसहित पछ्याइरहँदा नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले  तीन हजार दुई सय सात मत प्राप्त गरे।

प्रतिनिधिसभातर्फ सो क्षेत्रमा हालसम्म पोखरा महानगरपालिका-१, २, ३, १८ र १९ को गणना सकिएको छ। कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार ६ सय १४ मत खसेको थियो।

कास्की–३ मा प्रतिनिधिसभा सदस्यका लागि  विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिनिधिसभाको तीन र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कुल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा एक लाख ७९ हजार नौ सय ६६ मत खसेको थियो।

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्