Kathmandu Press

दुर्घटनामा दलित अधिकारकर्मी महावीर विश्वकर्माको निधन

मंगलबार बिहान महावीर चढेको माइक्रो बस रोकिर राखिएको ट्रकसँग ठोकिँदा घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो ।
दुर्घटनामा दलित अधिकारकर्मी महावीर विश्वकर्माको निधन

चितवन, मंसिर ६ : सडक दुर्घटनामा परी दलित अधिकारकर्मी महावीर विश्वकर्माको निधन भएको छ।

मंगलबार बिहान महावीर चढेको माइक्रो बस रोकिर राखिएको ट्रकसँग ठोकिँदा घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो । उनी सञ्चारकर्मसँगै राजनीति पनि सक्रिय थिए।

Hardik ivf

मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

घाइते उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको बिहान साढे सात बजेतिर उनको निधन हो।

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए ।

सो दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । एकजनाको खुट्टा भाँचिएको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:२८ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्