२७ घण्टापछि सदरमुकाम ल्याइयो मतपेटिका
ती केन्द्रहरु सदरमुकामबाट २८ कोश टाढा रहेकोले पैदल मार्ग भएर मतपेटिका ढुवानी गरेर ल्याइएको हो ।
दार्चुला, मंसिर ५ : दार्चुलाको ब्यास गाउँपालिका–२ राप्लाको दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ सिना मतदान केन्द्रका मतपेटिकाहरु २७ घण्टापछि सदरमुकाम खलंगामा ल्याइएको छ ।
ती केन्द्रहरु सदरमुकामबाट २८ कोश टाढा रहेकोले पैदल मार्ग भएर मतपेटिका ढुवानी गरेर ल्याइएको हो । समान्यतल ती ठाउँबाट पैदल हिडाइमा सदरमुकाम खलंगा पुग्न १०–१२ घण्टा लाग्ने गर्छ।
प्रकाशित मिति: २१:०२ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












