Kathmandu Press

कैलाली १ र ३ मा मतगणना सुरु

निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि सुरु भएको छ। क्षेत्र नं ४ को मतगणना केही समयपछि सुरु हुन लागेको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए।
कैलाली १ र ३ मा मतगणना सुरु
Hardik ivf

कैलाली, मंसिर ५ : कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ।
  
निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि सुरु भएको छ। क्षेत्र नं ४ को मतगणना केही समयपछि सुरु हुन लागेको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए।

मतगणना सुरु भए पनि गणना भएको मतपरिणाम १२ः३० सम्म सार्वजनिक गरिएको छैन।

सर्वदलीय बैठकमा वडा तहअनुसारको मतगणना गर्नुपर्ने नेपाली कांग्रेसको मागमा सहमति जुट्न नसक्दा निर्वाचन क्षेत्र नं ५ को मतगणना अझै सुरु हुन सकेको छैन।
  
निर्वाचन क्षेत्र नं २ मा मध्याह्नसम्म पनि सर्वदलीय बैठक जारी छ। प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ५ लाख ३५ हजार ५ सय १४ मतदाता रहेकामा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ। प्रतिनिधिसभामा ४८ र प्रदेशसभामा ७८ उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्