ए डिभिजन लिगमा आज दुई खेल हुँदैं
काठमाडौं, पुस ४ : शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अर्....

काठमाडौं, पुस ४ : शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल च्यासल र मछिन्द्रबीच मध्यान्न १२ बजे शुरु हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । दोस्रो खेलमा ब्रिगेड र फ्रेन्डस दिउँसो ३ बजे दशरथ रंगशालामा भिड्नेछन् । लिगको पहिलो चरणमा स्पष्ट जित निकाल्ने टिममा पर्छन्, च्यासल युथ क्लब र मछिन्द्र क्लब ।
दुबै क्लब लिगका उपाधि दाबेदार पनि हुन् । यसअघि पहिलो चरणमा पराजित दुबै टिम अंक जोड्ने प्रयासमा हुनेछन् । यसअघि भएको पहिलो खेलमा ब्रिगेड क्लब मछिन्दसँग २–० गोल अन्तरले पराजित भएको थियो । फ्रेन्ड्स भने त्रिभुवन आर्मीसँग २–१ गोल अन्तरले हारेको थियो ।











