Kathmandu Press

धनुषा ३ मा संघतर्फ एमालेकी जुली महताे अगाडि

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो ६ सय ८ मतसहित अग्रस्थानमा रहेकाे जानकारी  दिए।
धनुषा ३ मा संघतर्फ एमालेकी जुली महताे अगाडि

धनुषा, मंसिर ५ : धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो ६ सय ८ मतसहित अग्रस्थानमा रहेकाे जानकारी  दिए।

Hardik ivf

त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा ३ सय १५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ शाह दुई सय २० मतसहित तेस्रो स्थानमा रहेका छन्।

धनुषा ३ प्रदेशसभा १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा ५ सय ७४ मतसहित पहिलो स्थानमा छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले ३ सय ७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीतेन्द्रकुमार यादवले २ सय ६४ मत प्राप्त गरेका छन्। 

धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भए पनि अरु तीन क्षेत्रमा दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ। क्षेत्र नं १, २ र ४ मा सर्वदलीय बैठक सम्पन्न भई २ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १४:४० बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्