Kathmandu Press

सुर्खेत-२ र दैलेख-१ को मतगणना सुरु

सुर्खेत-२ र दैलेख-१ को मतगणना सुरु
Hardik ivf

सुर्खेत, मंसिर ५ : सुर्खेत २ को मतगणना सुरु भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटीहलमा सुरु भएको हाे।

निर्वाचन क्षेत्र १ को मतगणना भने तत्काल हुनेछैन। उक्त क्षेत्रको सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि बुधबारदेखि मात्रै मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए। 

दैलेख १ मा पनि मतगणाना सुरु भएको छ। दैलेख १ को मतगणना गुराँस गाउँपालिका-५ को कृष्ण मावि सानाकाँडा (क) केन्द्र र गुराँस गाउँपालिका-४ को बुद्ध आधारभूत विद्यालय सेरी दोवाटोको (क) केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्