Kathmandu Press

रुपन्देही-४ को मतगणना सुरु

सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए। 
रुपन्देही-४ को मतगणना सुरु

रुपन्देही, मंसिर ५ : रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ। नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो।

सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए। 

यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ।

यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो।  यहाँ कूल मतदाता एक लाख १० हजार सय ६९ रहेका थिए। क्षेत्र नं ५ मा पनि मतगणना भइरहको छ। क्षेत्र नं १,२ र ३ मा पनि केहीबेरमा सुरु गर्ने तयारी छ।

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्