तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुने
तनहुँ, मंसिर ५ : तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।
आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न ढिलाइ हुन गएको हो। उनले भने, 'बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो।'
तनहुँका दुई निर्वाचन क्षेत्रमा कुल दुई लाख ४८ हजार चार सय ९५ मतदाता रहेकामा ५४ प्रतिशत मत खसेको बताइएको छ।
प्रकाशित मिति: १२:५६ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९