रुपन्देही–५ को मतगणना सुरु
रुपन्देही, मंसिर ५ : रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ ।
गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको हो । कार्यालयमा तीन ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख चिन्तामणि शर्माले जानकारी दिए।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका भरतकुमार शाह र एमालेका वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रदेश सभामा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादवलगायत पनि प्रतिस्पर्धी छन् । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।
प्रकाशित मिति: १२:२३ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९