Kathmandu Press

परिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल

परिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल

काठमाडाैं, मंसिर ४ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गरेका छन।

मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताए। आज बिहान ८ः३० बजे मतदान गर्दै पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गरेका हुन।

निर्वाचित भएपश्चात् काठमाडौँ क्षेत्र नं ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा कूल ७० हजार नौ सय १९ मतदाता छन्। यस निर्वाचन क्षेत्रमा ३१ वटा मतदान केन्द्र र ५० वटा मतदान उपकेन्द्र रहेका छन्।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्रका कूल १५ वटा वडा समेटिएका छन्। प्रदेशसभा १ तर्फ काठमाडौँ महानगर–२, ४ र ५ पर्दछन्। प्रदेशसभा २ तर्फ काठमाडौँ महानगर–३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन्।

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, मंसिर ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्