Kathmandu Press

कैलालीमा सवा ३ बजेसम्म ४० प्रतिशत मतदान

आज दिउँसो ३ः१५ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले बताए।
कैलालीमा सवा ३ बजेसम्म ४० प्रतिशत मतदान

कैलाली, मंसिर ४ : कैलालीमा अपराह्न ३ः१५ सम्म ४० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी झण्डै सो मत खसेको हो।

जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन्।

आज दिउँसो ३ः१५ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको उनले बताए। कैलालीमा पाँच प्रतिनिधिसभा सदस्य र १० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

प्रकाशित मिति: १६:१८ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्