Kathmandu Press

रसुवामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मतदान

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म  कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए। 
रसुवामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मतदान

रसुवा, मंसिर ४ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ। 

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म  कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए। 

उनले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताए। रसुवामा  ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन्।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार  प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्