Kathmandu Press

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।     
पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

मध्यबिन्दु, मंसिर  ४ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ। 

दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।     
    
यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ। थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ।

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्