एकीकृत समाजवादीका नेता खनालद्वारा मतदान

काठमाडौं, मंसिर ४ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन्।
इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग भने, ‘मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ।’
उनी प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार छन्।
प्रकाशित मिति: १२:०९ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











